थप २८३ जनामा कोरोना पुष्टि, २४ घण्टामा ३ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २८३ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २८३ जना संक्रमित थपिएको जानकारी दिएको छ ।अहिलेसम्म कुल २ लाख ७० हजार ३७५ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३ हजार २८६ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २४६ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ६५ हजार ६९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९८ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार ३८२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर २० लाख ५७ हजार ६९ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा १२२ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३ हजार २८६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २०२० पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०।७४ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like