मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा

by समतल अनलाइन

काठमाडौँ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई आइतबार विवाह गरेका छन् ।४९ बर्षिय राईले २३ वर्षीया मोडल तथा २०१८ की ‘मिस मंगोल नेपाल’जाङमु शेर्पासँग परम्परागत विवाह गरेका हुन् ।

काठमाडौंको एलिस पार्टी प्यालेसमा सिमित संख्यामा जन्ती लिएर गएका मुख्यमन्त्री राईले शेर्पासँग विवाह गरेका हुन् । मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने शेर्पाको पुख्र्यौली घर संखुवासभा हो र उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । ज्याङ्मुका माता पिता भने हाल अमेरिकामा बस्दै आएको बताइएको छ ।

यस अघि मुख्यमन्त्री राईले प्रदेश १ को नामाकारण गरेपछि विवाह गर्छु भनेपनि अहिले आफै विरुद्ध अविश्वास प्रस्ताव दर्ता भएको र सत्तारुढ दल नेकपानै दुई चिरामा विभाजित भएको अवस्थामा विवाह गर्ने निर्णय गरेका हुन् ।

मुख्यमन्त्री राई यसअघि संबिधान सभा सदस्य र केन्द्रमा मन्त्री पनि भैसकेका छन् ।

 
 
  
 

You may also like