लुम्बिनी प्रदेशसँगको खेल टाइ भएपछि बागमती पिएम कपको सेमिफाइनलमा

by समतल अनलाइन

काठमाडौँ । प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेश र बागमती प्रदेशबीचको खेल बराबरीमा सकिएको छ ।बागमतीले दिएको २२१ रनको लक्ष्य पछाएको लुम्बिनी प्रदेशले ४८ ओभरमा अल आउट हुदै २२० रन बनाएपछि खेल टाइ भएको हो ।

लुम्बिनीका लागि कप्तान कृष्ण कार्की र प्रकाश केसीले ४१(४१ रन बनाएका थिए । त्यस्तै सौरभ खनालले ३४ रन बनाए भने डिभ खनालले २६ र सन्दीप सुनवारले २५ रन बनाएका थिए ।

त्यस्तै बागमती प्रदेशका विपिन आचार्यले ४ विकेट लिएका थिए भने गौतम केसीले २ विकेट लिए । त्यस्तै तिलक भण्डारी र इशान पाण्डेले एक एक विकेट लिए । यसअघि टस जितेर ब्याटिंग गरेको बागमती प्रदेशले आदील खान र इशान पाण्डेको अर्धशतकको मद्दतले ५० ओभरमा ९ विकेट गुमाउदै २२० रन बनाएको थियो ।

आदीलले ५५ रन बनाए भने पाण्डेले ५१ रन बनाएका थिए । त्यस्तै आकाश थापाले ३९ रन, पृथु बास्कोटाले २९ र कप्तान ज्ञानेन्द्र मल्लले १४ रनको योगदान दिएका थिए । त्यस्तै लुम्बिनी प्रदेशका बलर दिपेन्द्र रावतले ३ विकेट लिएका थिए भने कृष्ण कार्की र सन्दीप सुनवारले २(२ विकेट लिएका थिए । त्यस्तै बिक्रम भुसाल र अनिल खरेलले एक एक विकेट लिएका थिए ।

यो बराबरीपछि बागमती प्रदेश समुह बि बाट सेमिफाइनलमा पुगेको छ । बागमतीको ४ खेलमा ७ अंक रहेको छ । यस समुहबाट सेमिफाइनलमा पुग्ने अर्को टिमको टुंगो नेपाल पुलिस र प्रदेश २ बीच सोमबार हुने खेलबाट टुंगो लाग्ने छ । पुलिसले जितेमा पुलिस सेमिफाइनलमा पुग्ने छ भने पराजित भएमा लुम्बिनी प्रदेश सेमिफाइनलमा पुग्ने छ । लुम्बिनीको ४ खेलमा ५ अंक रहेको छ । समुह बि बाट सुदूरपश्चिम प्रदेश र प्रदेश २ बाहिरिइसकेका छन् ।

प्रतियोगितामा अहिलेसम्म बागमतीले खेलेका तिनै खेल जितेको छ भने लुम्बिनी प्रदेशले ३ खेलमा दुई जित र एक हार बेहोरेको छ ।

 
 
  
 

You may also like