प्रतिनिधिसभा विघटनविरुद्ध संयुक्त आन्दोलनका लागि प्रचण्ड–बाबुरामबीच भेटवार्ता

by समतल अनलाइन

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० अध्यक्ष प्रचण्ड र जनता समाजवादी पार्टी ९जसपा० संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईबीच प्रतिनिधि सभा विघटनलाइ लिएर संयुक्त आन्दोलन गर्ने बारेमा छलफल भएको छ ।

डा। भट्टराईले शुक्रबार आफूहरुको भेटघाट भएको जानकारी गराएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा भट्टराईले भनेका छन्, ‘अहिले प्रत्येक जिम्मेवार नागरिक आफ्नो र पार्टीको स्वार्थभन्दा माथि उठ्ने बेला आएको छ ।’

यसै क्रममा मैले ओली प्रतिगमनविरूद्ध संयुक्त जनआन्दोलन निर्माण गर्ने प्रयास स्वरूप पूर्व प्रम र दलका नेताहरू शेरबहादुर देउवा,माधव नेपाल, प्रचण्ड लगायत अन्य नेताहरूसंग भेटघाट गरेको हुँ । गर्दै रहनेछु १’

उनीहरुको भेट उपराष्ट्रपति नन्दबहादुर पुन निवासमा भएको बताइएको छ । प्रधानमन्त्री ओलीले संसद विघटन गरेपछि अहिले नेकपाको प्रचण्ड–नेपाल पक्ष, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी तथा नागरिक समाजलगायत विभिन्न संघ–संगठन एक्लाएक्लै आन्दोलन गरिरहेका छन् ।

 

 
 
  
 

You may also like