आठ–दश हजार मान्छे अगाडि देख्दा कत्रो धाक रु आमसभा कस्तो हुन्छ २३ गते हेर्नू : प्रधानमन्त्री

by समतल अनलाइन

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आफूहरूले वास्तविक जनप्रदर्शन गरेर देखाउने बताएका छन् । शुक्रबार काठमाडौंमा पेसागत विशेष जिल्ला ब्युरोका कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले आफूहरूले २३ माघमा वास्तविक जनप्रदर्शन कस्तो हुन्छ भनी देखाउने बताएका हुन् ।

उनले शुक्रबार नेकपा प्रचण्ड–माधव नेपाल पक्षले गरेको विरोध सभा तथा प्रदर्शनलाई सामान्य भएको टिप्पणी गरे । उनले भने, ‘अहिले भर्खर रत्नपार्कमा होसियार भाषण गरिरहेको सुनें, आठ–दश हजार मान्छे अगाडि देख्नु भएछ, भुइँमा खुट्टै थिएन ।’ विरोध सभालाई देशभरबाट अलिअलि मान्छे जम्मा भएको ओलीको टिप्पणी रहेको छ । उनले सभा कस्तो हुनुपर्छ भन्ने आउँदो २३ गते देखाई दिने समेत बताए ।

 
 
  
 

You may also like