२०७७ माघ ७ गते बुधबारको तपाईको राशिफल

by समतल अनलाइन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्ने छ । आँटेको र ताकेको कार्य पुरा होला । शुभकार्यको चर्चा चल्नेछ । धर्म, कर्ममा मन जानेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । बन्धु बान्धवबाट विशेष सहयोग मिल्ने छ । साँझपख शुभ समाचार पनि आउन सक्छ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
वैदेशिक कार्य अघि बढ्ने छ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । जोश, जाँगर र उमङ्ग बढ्ने छ । शुभकार्यको चर्चा समेत चल्ने छ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज विपरित वर्गबाट विशेष सहयोग मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । बिना प्रतिस्पर्धा फाइदा हुने योग छ । ताकेको कार्य पुरा होला ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
सामाजिक कार्यमा रुची बढ्ने छ । अरुलाई प्रभावित पारेर काम बन्ने छ । श्रमको उचित मुल्याङ्कन हुनेछ । मिष्ठान्न भोजनको अवसर मिल्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
लाभ, हानी, आय, व्यय, सुख, दुःख बराबरी खालको समय छ । सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्ने छ । ज्ञानमा वृद्धि हुनेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
नयाँ कामको थालनी हुनेछ । राजनैतिक कार्यमा सफलता मिल्ने छ । जोश, जाँगर र हिम्मत बढ्ने छ । बन्धु बान्धवबाट सहयोग मिल्ने छ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
नयाँ कार्य वा रोजगारको अवसर मिल्ने छ । नयाँ कामको थालनी होला । मान प्रतिष्ठामा बृद्धि होला । आफन्तको प्रगतिमा मन रमाउनेछ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । नयाँ कार्यको योजना बन्ने छ । प्रेमीको सहयोग पाईनेछ । नजिकको मित्रसँग भेटघाट हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । महत्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सौन्दर्यतामा धन खर्च हुनेछ । सरकारी निकाएको भय रहला ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
आज अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । गरेका कामबाट राम्रै लाभ हुनेछ । धर्म, कर्ममा मन लाग्नेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
अनावश्यक ठाउँमा धन खर्च हुनेछ । नजिकका व्यक्तिबाट कार्यमा वाधा आइपर्ला । लगानी गर्नु उपलब्धीमूलक हुँदैन । प्रेममा बाधा आउला ।

ज्यो.प. नारायणप्रसाद दुलाल

 

 
 
  
 

You may also like