इनर ह्वील क्लब अफ रुपन्देहीद्वारा हिलपार्क परिसरमा बनभोज सेड शिलान्यास

by समतल अनलाइन

बुटवल। इनर ह्वील क्लब अफ रुपन्देहीद्वारा हिल पार्क परिसरमा बनभोज सेड शिलान्यास गरीएको छ इनरह्वील क्लब अफ रुपन्देहीले पर्याटन प्रवद्धन होस भन्ने उद्धेश्यले घुम्न आएका पर्याटकहरुलाइ आनन्द सग बस्न खान नाच्च रमाउन पाउ भन्ने उद्देश्यले यो सेटको निमार्ण गर्न लागिएको इनरह्वील क्लब अफ रुपन्देहिका अध्यक्ष उमा ढकालले बताउनु भयो । यस क्षत्रमा पर्याटको प्रवल सम्भावना रहेको हुदा हिलपार्कमा पर्याटकिय क्षेत्रको रुपमा विकास होस भन्ने उद्धेश्यले यसको स्थापना गरिएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि प्रमुख अतिथि डिष्ट्रिक चेयरमेन सर्सिज पालिखेले यो क्लबले सामाजिक क्षेत्रमा खेलेको भुमिका अत्यन्तै महत्वपूर्ण रहेको बताउनुभयो क्बले पर्याटन क्षेत्रको बिकास र बिस्तार लागि घुम्न आएका पर्याटकलाइ खान बस्नको लागि जुन खालको सेट निमार्ण गर्न लागेकोमा धन्यावाद व्यक्त गदै आगामि दिनमा यस्ता कामहरु निरन्तरता दिदै जान आग्रह गर्नुभयो । डिष्ट्रिको तर्फबाट आवश्यक परेको सहयोग निरन्तर गरिरहने बताउनुभयो
कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनको पूर्व अध्यक्ष एवं डिष्ट्रिक पोलियो प्लस कमिटी चेयर राजेन्द्र ढकालले इनर ह्वील क्लब अफ रुपन्देहीले हरेक बर्ष उत्कृष्ट कार्य गर्दै आएको यो सेडले इनर ह्वील क्लब अफ रुपन्देहीको पहिचान अझै सुदृढ हुँदै जाने कुरा बताउनु भयो।

कार्यक्रममा रोटरी क्लब अफ बुटवल डाउन टाउनका अध्यक्ष पंकज ज्ञवाली उपाध्यक्ष कमला हमाल हिलपार्क परिषदका उपाध्यक्ष नन्दकिशोर ढकाल लगायतले मन्तव्य राखेका थिय कार्यक्रम क्लब सचिव सिमा बनको सच्चालन तथा अध्यक्ष उमा ढकालको अध्यक्षयतामा सम्पन्न भएको थियो

 
 
  
 

You may also like