उमेश र सुदीक्षाको पोष्टमार्टम रिपोर्टको निष्कर्ष : श्रीमानको हत्या गरेर आत्महत्या

by समतल अनलाइन

काठमाडौं । काठमाडौंको टोखास्थित ग्राण्डी भिल्ला हाउजिङमा मृत्त भेटिएका दम्पतीको पोष्टमार्टम रिपोर्टको प्रारम्भिक विवरणमा पतिको हत्यापछि आत्महत्या गरेको पाइएको छ ।

मृत्तक ३३ वर्षीया सुदीक्षा गिरीले पतिको हत्या गरेर आत्महत्या गरेको प्रहरी अनुसन्धानमा देखिएको छ । सुदीक्षा र पति उमेश केसीको पोष्टमार्टम रिपोर्टमा पनि पतिको हत्यापछि आत्महत्या गरेको देखिएको छ ।

त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टमपछि चिकित्सकले प्रहरीलाई प्रारम्भिक विवरण दिएका छन् । जसअनुसार उमेशको मृत्यु भएको १० देखि १२ घण्टापछि सुदीक्षाले आत्महत्या गरेको देखिएको उल्लेख छ ।

शुक्रबार राति पौने ९ बजे उनीहरू मृत्त अवस्थामा भेटिएका थिए । भिल्लाको एक तलामाथि बेडमा उमेश मृत्त भेटिएका थिए भने सो तलामा जाने भर्‍याङमा सुदीक्षा झुण्डिएको अवस्थामा भेटिएकी थिइन् । चिकित्सकले उमेशको मृत्यु ‘ब्लन्ट फोर्स इन्जुरी’ का कारण भएको उल्लेख गरेका छन् । निधारमाथि गहिरो चोट लागेको र सो चोटका कारण ‘ओभर ब्लिडिङ’ भएर उनको मृत्यु भएको चिकित्सकको निष्कर्ष छ ।

 

 
 
  
 

You may also like