काठमाडौंको कुलेश्वर केन्द्रविन्दु भएर भूकम्पको धक्का

by समतल अनलाइन

काठमाडौं । काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको छ । काठमाडौंको कुलेश्वर केन्द्रबिन्दु भएर ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको हो ।

सोमबार दिउँसो २ बजेर ३२ मिनेटमा ३ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । परकम्पको धक्का कुलेश्वरसहित आसपास र ललितपुरका केही क्षेत्रमा महसुस गरिएको थियो ।

२०७२ साल वैशाख १२ गते गोरखाको बारपाक केन्द्रबिन्दू भएर गएको ७ दशमलव ८ रेक्टर स्केलको भूकम्पको परकम्प अझै पनि गइरहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

 
 
  
 

You may also like