72
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहालको उपचारका लागि भारतको मुम्बई प्रस्थान गरेका छन् ।
पत्नी सीताको उपचारका लागि प्रचण्ड सोमबार बिहान साढे ११ बजे भारतको मुम्बई प्रस्थान गरेका हुन् ।
केहि वर्षदेखि पार्किन्सन जस्तै प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी नामक रोगबाट पिडित सीताको स्वास्थ्यमा थप समस्या देखिएपछि गत बुधबार उनलाई मेडीसिटी अस्पताल भर्ना गरिएको थियो।
यसअघि उनको उपचार अमेरिका, सिंगापुर र भारतमा पनि भएको थियो । उनको स्वास्थ्य अवस्था थप जटिल बन्दै गएपछि उपचारका लागि भारत लगिएको हो। उनको साथमा दुई छोरी रेणु र गंगा पनि गएका छन्।