बुटवल । रुपन्देहीको कञ्चन गाउपालिका वडा न ३ मा विभिन्न पार्टिका १ सय भन्दा बढि कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।उनिहरुलाई एक समारोहका बिच नेपाली कांग्रेसका नेता तथा सार्वजनिक लेखा समितिका सभापती भरत कुमार शाहले पार्टि प्रवेश गराएका हुन् ।
स्थानिय वडा सभापती थम्मन थापाको अध्यक्षतमा भएको पार्टि प्रवेश कार्यक्रममा वोल्दै कांग्रेस नेता शाहले आपसमा लडेर देशलाई खाडलमा हाल्ने कम्युनिष्टहरुले जनताको विश्वास गुमाएको बताए ।
उनले जनताले ५ वर्षका लागि दिएको जनमतको अपमान गरेका कारण उनिहरु अब जनताको प्रतिनिधि वन्नै नसक्ने जिकिर गरे । सो क्षेत्रका जनप्रतिनिधि समेत रहेका शाहले अब नेपाली कांग्रेसको नेतृत्वमा बहुमतको सरकार बन्ने दावी गर्दै कम्युनिष्टहरु भ्रष्टाचार र कुशासनमा लिप्त रहेको टिप्पणी गरे ।
सो अवसरमा नेपाली कांग्रेस रुपन्देहीका उपसभापती फडिन्द्र शर्माले असंवैधानिक कदम चालेर अहिलेको सरकारले संविधानमाथी प्रहार गरेको बताए । त्यस्तै नेपाली कांग्रेसका प्रदेश सभाका प्रमुख सचेतक फकरुद्धिन खानले कम्युनिष्टहरुको स्वयच्क्षाचारी प्रकृतिको भण्डाफोर गर्नु पर्ने बताए ।
कांग्रेसका युवा नेता तथा सो क्षेत्रका प्रदेश सभाका प्रत्यासी विष्णु पोख्र्रेलले प्रतिगामी ओली नेतृत्वको सरकारसंग अब सरकारमा वसिरहन कुनै नैतिक र संवैधानिक अधिकार नरहेको बताए ।