सैनामैनाका सहकारीलाइ ब्यवस्थापन तालिम

by समतल अनलाइन

टिका खरेल
सैनामैना ।सैनामैनामा रहेका सहकारीहरुलाइ सहकारी ब्यवस्थापन तालिम दिन सुरु गरिएको छ । कोभिड १९ उद्धार र सामाजिक आर्थिक प्रतिकार्य परियोजना अन्र्तरगत सहकारीहहरु ब्यवस्थित तरिकाले सहकारीको मर्म अनुरुप अघि बढ्न र सहकारीका सिद्धान्त अनुरुप संचालन गर्न सकुन भन्ने उद्देश्यका तालिम दिईएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै सैनामैना नगरपालिकाका नगरप्रमुख चित्रबहादुर कार्किले सहकारीहरु उद्यमशिलता, आयआर्जन र रोजगारी सृजना गर्न तर्फ लाग्नु पर्ने बताउनु भयो । सहकारीहरु आम समुदायको खाचोलाई सम्बोधन गर्न सक्ने गरी ब्यवस्थापन हुनु पर्ने समेत कार्कीले सुझाउनु भयो ।

“सहकारीहरु कृषिसंग सम्बन्धीत उधोग स्थापना, उत्पादन, प्रशोधन र बिक्री बितरण्मा लागे मात्र देशको गरिबी रेखामा सुधार आउन सक्छ ” मेयर कार्कीले भन्नुभयो ।

सहकारीले सेयर सदस्यहरुको उत्पादन खरिद, सदस्यहरुको दैनिक जिवनमा प्रयोग हुने सामग्री उत्पादन गर्न साना तथा मझौला उद्योग सञ्चालन गर्ने क्षमता राख्नु पर्ने र त्यसका लागि छरिएर रहेका सहकारीहरु एकिकृत भइ बलियो बन्नुपर्ने धारणा मेयर कार्र्कीको थियो ।
तालिममा सैनामैनाका २३ वटा सहकारीका पदाधिकारीहरु उपस्थित रहेका छन । तालिममा सिको सञ्जालका दामोदर अधिकारीले प्रशिक्षण दिनुहुने छ । तालिममा सहकारी ब्यवस्थापन, सहकारीका सिद्धान्त र अधिकार एवम सहकारी एकिकरण बिषयमा दिइने छ । सहकारी ब्यवस्थापन तालिम सयुंक्त राष्ट्र सघिय बिकास कार्यक्रम ग्ल्म्ए , सैनामैना नगरपालिको साझेदारी तथा सेतो गुँरास बाल बिकास सेवा, रुपन्देहीको सहजिकरणमा संचालन भएको हो ।

सेतो गुँरासले सैनामैना नगरपालिकासँग सहकार्य गरी सैनामैना नगर क्षेत्रमा धेरै कार्यहरु गर्दै आइरहेको छ । सेतो रोजगारीका अवसरहरु सृजना गर्दै लक्षित परिवारलाइ आर्थिक उपार्जनमा जोडदै उद्यमशिलताको बिकास गर्दै आइरहेको छ ।

 
 
  
 

You may also like