थप ५३४ जनामा कोरोना संक्रमण, ४४७ जना निको, नौंको मृत्यु

by समतल अनलाइन

काठमाडौं। नेपालमा पछिल्लो २४ घण्टामा थप ५३४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ६० हजार ५९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज (बिहीबार) थप ४४७ जना उपचारपछि डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोना निको हुनेको संख्या २ लाख ५२ हजार ३५९ पुगेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ३१२ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै उपत्यकामा एक लाख २० हजार ३३८ जना व्यक्ति संक्रमित भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा २२५ , ललितपुरमा ४९ र भक्तपुरमा ३८ जनालाई कोरोना संक्रमण देखिएको छ । गत २४ घण्टामा ६ जनाको पिसिआर परीक्षण गर्दा ५३४ जनामा कोरोना पुष्टि भएको छ ।

योसँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या १९ लाख ३२ हजार ४७७ पुगेको छ ।
बिहीबार थप ९ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना संक्रमित मृतकको संख्या एक हजार ८५६ पुगेको मन्त्रालयले जनाएको छ । हाल ३६२ जना क्वारेन्टाइनमा छन् ।

 

 
 
  
 

You may also like