बाउन्स चेकबाट एक करोड ३६ लाख ठगेको आरोपमा श्रेष्ठ पक्राउ

by समतल अनलाइन

काठमाडौं । खाली चेक दिएर एक करोड ३६ लाख १० हजार २८८ रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले एक व्यक्तिलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका –९ स्थित जय बाबा गोरख कन्स्ट्रक्सन प्रालिका सञ्चालक श्यामकुमार श्रेष्ठ रहेका छन् । पुरानो बानेश्वरस्थित समानान्तर निर्माण सेवा प्रालिका निरोज कुमार थपलियाको जाहेरीका अधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो ।

श्रेष्ठले सीतापाइला सडक खण्डमा अस्फाल्ट पाभिङ वर्कस कार्य सम्पन्न गरे बापतको रकम दिनु पर्नेमा ग्लोबल आईएमई बैंक कान्तिपथ शाखाको चेक दिई फरार रहेका थिए । पक्राउ परेका श्रेष्ठउपर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 
 
  
 

You may also like