कोरोना पुष्टि, २४ घण्टामा ३ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ५०० जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल ५०० जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ५७ हजार ७०० संक्रमित पुगेका छन् ।
नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ७४९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ८४० जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ४९ हजार १३२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९६.६ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ५ हजार ४३४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १९ लाख ५ हजार ८२६ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ३६९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ६ हजार ७४९ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८१९ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.७० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like