ओलीको कदमविरुद्ध सडक आन्दोलन शुरु : काठमाडौंमा तीन हजार सुरक्षाकर्मी परिचालन

by समतल अनलाइन

काठमाडौं । संसद विघटनको विरोधमा आज (शुक्रबार) नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव पक्ष सडक आन्दोलनमा उत्रिएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, विद्यार्थी संगठनहरु र अन्य महिला संघसंस्थाहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने निर्णयको विरोधमा आन्दोलनका कार्यक्रमहरु धमाधम सार्वजनिक भइरहेका छन् ।

संसद् विघटनसँगै उत्पन्न राजनीतिक घटनाक्रमले सुरक्षा चुनौती बढाउन सक्ने आंकलन गर्दै काठमाडौंमा तीन हजार बढी सुरक्षाकर्मी परिचालन भएका छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन हजार बढी सुरक्षाकर्मी सडकमा निस्किएका छन् ।

संसद् विघटनको निर्णयविरुद्ध प्रचण्ड–माधव पक्ष समूह सडकमा निस्किएको छ भने सर्वोच्च अदालतमा आज संवैधानिक इजलासमा मुद्दाको सुनुवाइ हुँदैछ । सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै सुरक्षा अवस्था मजबुत बनाइएको स्थानीय प्रशासनले जनाएको छ ।

 
 
  
 

You may also like