भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघ्यो

by समतल अनलाइन

काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको संक्रमण तिब्र गति बढीरहेको भए पनि पछिल्ला केहि दिनमा घट्दै गएको देखिएको छ । भारतीय स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो अपडेट अनुसार २४ घण्टामा कोरोनाबाट ३०१ जनाको मृत्यु भएको छ ।

भारतमा अहिले कुल मृत्यु हुनेको संख्या एक लाख ४६ हजार नाघेको छ । भारतमा अहिलेसम्म मृत्यु हुनेको संख्या एक लाख ४६ हजार १११ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १९ हजार ५५६ जना संक्रमित पुष्टि भएको छ । यो सँगै भारतमा अहिलेसम्म कोरोना संक्रमितको संख्या एक करोड नाघेको छ । भारतमा कुल संक्रमित एक करोड ७५ हजार ११६ पुगेको छ ।

भारत अहिले धेरै संक्रमित हुने देशको सुचीमा अमेरिकापछि दोस्रो स्थानमा रहेको छ ।

त्यस्तै भारतमा अहिलेसम्म ९६ लाख ३६ हजार ४८७ जना संक्रमण मुक्त भएका छन् भने पछिल्लो २४ घण्टामा ३० हजार ३७६ जना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयले जानकारी गराएको छ ।

त्यस्तै अहिले भारतमा २ लाख ९२ हजार ५१८ कोरोना संक्रमित विरामी उपचारत रहेका छन् ।

त्यस्तै भारतमा अहिलेसम्म कुल १६ करोड ३१ लाख ७० हजार ५५७ नमुना परिक्षण गरिएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा भारतमा १० लाख ७२ हजार २२८ नमुना परिक्षण गरिएको इण्डियन काउन्सिल अफ मेडिकल रिसर्चले जानकारी दिएको छ ।

 
 
  
 

You may also like