गुगल म्यापले यसरी थाहा पाउछ तपाईंको लोकेसन

by समतल अनलाइन

गुगल म्यापले सान्दर्भिक जानकारी प्रदान गर्दै तपाईंको लोकेसन निर्धारण गर्ने प्रयास गर्दछ । यसको प्रमुख काम पनि यही हो ।

यसो गर्न सकेन भने गुगल म्याप नै प्रयोग विहीन हुन पुग्छ । गुगल म्यापमा देखिने निलो विन्दुले विशेषगरी म्याप प्रयोगकर्ता रहेको ठाउँलाई बुझाउँछ ।

यो गुगल म्याप एप्लिकेसनको एउटा महत्वपूर्ण फिचर हो । गुगल म्याप प्रयोग गर्दा निलो विन्दु देखिन्छ भने यो राम्रो कुरा हो ।

यसबाट गुगल म्यापले तपाईं रहेको लोकेसन अर्थात स्थानलाई निर्धारण गर्छ । तपाईं कता हुनुहुन्छ भन्ने कुराको यकिन यसले गर्दछ ।

प्राविधिक रुपमा यसले तपाईंलाई नेभिगेसनको (कता जाने भनेर) दिशानिर्देश गर्दछ । अर्कोतिर यदि तपाईंले निलो विन्दु देख्नु भएन र त्यसको ठाउँमा खैरो रङ देख्नुभयोे भने गुगल म्यापले तपाईंको तत्कालको लोकेसन फेला पार्न सकिरहेको छैन भनेर बुझ्नुहोस् ।

यस्तो बेला गुगलले थाहा पाएको तपाईंको अन्तिम लोकेसनलाई म्यापमा देखाउँछ । तर म्यापले यसबारे जानकारी नदिने हुँदा गुगलले देखाएको तपाईंको अन्तिम लोकेसन मिलेको छ वा छैन आफै निर्धारण गर्नुहोस् ।

जब गुगल म्यापले तपाईंको लोकेसनलाई निर्धारण गर्न सक्दैन, तब निलो विन्दुको बाहिर हलुका निलो गोलाकार देख्नुहुनेछ ।

यस्तो चिन्ह आउँदा तपाईंको म्यापले जुनसुकै लोकेसन देखाएको हुनसक्छ । त्यो गोलाकार जति धेरै सानो हुन्छ, तपाईंको लोकेसनको मामिलामा एप त्यति नै धेरै सही हुन्छ भनेर बुझ्नुपर्ने हुन्छ । यस्ता कुराहरुलाई एकदमै धेरै ध्यान दिनुहोस् ।

म्यापले यसरी थाहा पाउछ तपाईको लोकेसन !

अन्य नेभिगेसन एप जस्तै गुगल म्यापले पनि तपाईंको फोनभित्रको जीपीएस सेन्सर प्रयोग गरीे लोकेसन निर्धारण गरी निलो विन्दुको रुपमा देखाउँछ । यो विधिकै कारण गुगल म्यापले २० मिटरसम्मको तपाईंको लोकेसन निर्धारण गर्न सक्छ ।

यद्यपी लोकेसन निर्धारणका लागि यो उत्कृष्ट तरिका भने होइन । तर समयसँगै यो थप अत्याधुनिक बन्दै गइरहेको छ ।

गुगलले तपाईंको वाईफाईको विवरणबाट पनि लोकेसन पहिचान गर्न थालेको छ । यदि तपाईं वायरलेस नेटवर्कमा हुनुहन्छ भने यो एप्लिकेसनले आफ्नो जानकारी प्रयोग गरी सही डेटा निकाल्छ ।

अनि जीपीएस विवरण प्रयोग गरी तपाईंको लोकेसन म्यापमा देखाउन सक्छ । यदि जीपीएस पनि छैन र वाईफाई पनि छैन भने गुगल म्यापले सेलुलर विवरण खोलेर तपाईंको लोकेसनलाई पत्ता लगाउँछ ।

तर यस्तो बेला वास्तविकता भने घट्ने सम्भावना हुन्छ । गुगलका अनुसार यस्तो बेला लोकेसन हजार मिटरसम्ममा मापन हुन्छ ।

त्यसैले यात्रा गरिरहँदा यो विधिको प्रयोग उपयुक्त हुँदैन । यस्तो बेला तपाईंले हाई एक्युरेसी (सत्यको नजिक) मोड प्रयोग गर्न सक्नुहुन्छ ।

यसका लागि एन्ड्रोइड डिभाइसभित्र सेटिङबाट लोकेसन मोड हुँदै हाई एक्युरेसीमा जानुहोस् । तर कहिलेकाँही गुगल म्यापलाई लोकेसन निर्धारण गर्न सहयोग पुर्‍याउने सबै कुरा उपलब्ध हुँदै समेत तपाईंको फोनमा इन्स्टल भएको अपडेटका कारणले पनि समस्या उत्पन्न हुन सक्छ ।

यदि अपडेट टुटेर गुगल म्यापले तपाईंको लोकेसन निर्धारण गर्नसक्दैन जस्तो लाग्छ भने पुरानै भर्सनमा गएर एन्ड्रोइडमा हो भने एपीके इन्स्टलरलाई म्यानुअल किसिमले डाउनलोड गर्नुहोस् ।

 
 
  
 

You may also like