जोर–बिजोर हटेपछि सडकमा जाम र भिडभाड, बढ्यो कोरोनाको जोखिम

by समतल अनलाइन

काठमाडौ। सार्वजनिक यातायातमा जोर–बिजोर प्रणाली हटेसँगै सडकमा जाम र भीडभाड हुन थालेको छ ।

सडकमा भिड बढेसँगै स्वास्थ्य चुनौती समेत थपिएको छ । मंसिर महिनादेखि सबै क्षेत्र खुल्न थालेपछि जोर बिजोर प्रणाली हटाएर सवारी चलाउँदा भीड बढेर कोरोना फैलने खतरा बढेको छ ।
सबै यातायात चल्न थालेपछि अनुगमनलाई पनि बढाइने विभागका महानिर्देशक गोगनबहादुर हमालले जानकारी दिएका छन । सबै सञ्चालनमा आएपछि बिहान बेलुका कार्यालय जाने आउने समयमा ट्राफिक व्यवस्थापनमा समस्या हुन थालेको छ ।

राजधानीमा सडक विस्तार एवं निर्माण र मर्मत सम्भारका काम समेत भइरहेकाले पनि सबै सवारी नौ महिनापछि सञ्चालनमा आउँदा कोरोना महामारी छैन कि जस्तो लाग्न थालेको यात्रु शुक्रबहादुर तामाङले बताए । ।

सबै गाडी सञ्चालनमा आउन थालेपछि सीट क्षमताअनुसार मात्र यात्रु राख्न दिए स्वास्थ्य सुरक्षा कायम गर्न सकिने अधिकांश यात्रुको भनाइ छ । यसतर्फ विभागले ध्यान दिनुपर्ने यात्रु तामाङको माग छ । सार्वजनिक गाडीमा परिचालकले यात्रु कोच्ने गरेकाले कोरोनाबाट जोगिन मुस्किल हुने देखिएको यात्रु गीता सापकोटाको गुनासो छ ।

यात्रु ओर्लने बेलामा परिचालक ढोकामै बस्ने, परिचालकले मास्क समेत नलगाउने, चालकले समेत ट्राफिकको नजिक पुगेपछि मात्र मास्क लगाउने जस्ता गतिविधि सार्वजनिक यातायातमा देखिन थालेको उनको भोगाइ छ ।

 

 
 
  
 

You may also like