नेकपा स्थायी कमिटीको अर्को बैठक ५ पुसमा, केन्द्रीय कमिटी बैठक १० गते

by समतल अनलाइन

काठमाडौं । सत्तारुढ नेकपा स्थायी कमिटी आज (बुधबार) बसेको बैठक सकिएको छ । अब अर्को बैठक पुस ५ गते बस्ने भएको छ । त्यस्तै पुस १० गते केन्द्रीय कमिटी बैठक बोलाइएको एक स्थायी कमिटी सदस्यले जानकारी दिएका छन् ।

बैठकले सरकारले जारी गरेको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश फिर्ता लिने, संसद अधिवेशनको माग गर्दै राष्ट्रपति कार्यालयमा बुझाउन लागिएको आवेदन प्रक्रिया अगाडि नबढाउने र संवैधानिक नियुक्तिहरु सहमतिको आधारमा गर्ने निर्णय गरेको ती नेताले बताए ।

 
 
  
 

You may also like