काठमाडौंको तापक्रम ३ डिग्रीमा ओर्लियो, तराईमा बाक्लो हुस्सु

by समतल अनलाइन

काठमाडौं। देशभर चिसो बढेको छ । अहिले (मंगलबार बिहान) तराईका अधिकांश भाग हुस्सु–कुहिरोले ढाकेको छ भने काठमाडौं उपत्यकाको तापक्रम यस वर्ष अहिलेसम्मकै कम भएको छ ।

अहिले तराईका अधिकांश क्षेत्रमा हुस्सु–कुहिरो लागेको छ भने पहाडी क्षेत्रका पनि केही स्थानमा कुहिरो लागेको मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीले जानकारी दिएकी छिन् । अहिले बिहान (साढे ६ बजे गरिएको मापन) काठमाडौं उपत्यकाको तापक्रम ३ डिग्री सेल्सियसमा झरेको उनले जानकारी दिइन् ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । हाल देशको तराईका अधिकांश भूभागमा कुहिरो र हुस्सु लागेको अवस्था छ ।
यसैगरी, आज दिउँसो प्रदेश–१, प्रदेश २ तथा बागमती प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ ।

आज (मंगलबार) राति प्रदेश–१, प्रदेश–२, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका भूभागहरुमा आँशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

बुधबार दिउँसो प्रदेश–१, प्रदेश २, तथा गण्डकी प्रदेशका भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशको पहाडी भूभागहरुमा आँशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ ।

त्यसैगरी, बिहीबार दिउँसो देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ । भने, राति देशको पहाडी भूभागहरुमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

 
 
  
 

You may also like