थप १०४४ जनामा कोरोना पुष्टि, २४ घण्टामा ११ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १०४४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १०४४ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ४६ हजार ६९४ संक्रमित पुगेका छन् ।

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार १४८ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १२७१ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ३२ हजार ८७२ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.३९ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार ४१४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १८ लाख २० हजार ६१८ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५१९ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १२ हजार १४८ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ११ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६७४ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like