थप १२१७ जनामा कोरोना पुष्टि, २४ घण्टामा १२ जनाको मृत्यु

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १२१७ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १२१७ जना संक्रमित थपिएको जानकारी दिएको छ । अहिलेसम्म कुल २ लाख ४५ हजार ६५० संक्रमित पुगेका छन् ।नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १२ हजार ३८६ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा १०६४ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म २ लाख ३१ हजार ६०१ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ९४.२ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ७ हजार २३२ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १८ लाख १३ हजार २०४ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ५१५ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा १२ हजार ३८६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १२ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६६३ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६७ रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like