चिकित्सकको जन्मदिनमा चेपाङ बालबालिकालाई सहयोग

by समतल अनलाइन

बुटवल । रुपन्देहीका वरिष्ठ न्युरोसर्जन डा.केआईसिह केसीले बुधबार जन्मदिन पारेर चितवन गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रका बालबालिकालाई नगद २० हजार रुपैया सहयोग तथा रक्तदान गरेका छन । जन्मदिन पारेर सामाजिक कार्यमा थोरै भएपनि योगदान दिने रुपमा आर्थिक सहयोग गरेको उनले बताए । आफन्त डाकेर भिडभाड गरि भोज गर्नमा खर्च हुने रकम सहयोग गर्ने परिपार्टी विकास गर्नपर्ने उनले सुझाव समेत दिए । सधै अरुलाई भन्नुभन्दा पनि समाज परिवर्तन आफैबाट शुरुवात गर्नपर्ने उनको धारणा छ ।
चिकित्सक केसीले बुधबार कान्तिपुर मिडिया लुम्बिनी प्रदेशका प्रमुख तथा संस्थाका सल्लाहकार दीपेन्द्र बडुवाललाई चेक हस्तान्तरण गरेका छन । गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रमा सय जना बढि अनाथ बालबालिकाहरु आश्रित छन । स्थाई श्रोत नहुदा समस्यामा रहेका बालबालिकाहरुलाई देशभरबाट सहयोग जुट्दै आएको छ । नेपाल रेडक्रस सोसाइटी रुपन्देही जिल्लाका प्रेमलाल उदास, नेपाल स्वयंसेवी रक्तदाता समाजका अध्यक्ष कृष्ण चौहानले

 
 
  
 

You may also like