नेकपाका दुवै अध्यक्षको प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई वितरण, अर्को बैठक २८ गते बस्ने

by समतल अनलाइन

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटीको बैठक सकिएको छ ।

बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली सहभागी नभएको बैठकमा पार्टी विवादलाई समाधान गर्ने विषयमा छलफल गर्ने एजेन्डा बनाएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बैठकमा प्रधानमन्त्री ओलीले एक पत्र पठाउदै अध्यक्ष पुष्कमल दाहाल प्रचण्डले कार्तिक २८ गते सचिवालयमा पेश गरेको प्रस्ताव फिर्ता नभएसम्म आफु बैठकमा उपस्थित नहुने जानकारी गराएका थिए ।

प्रवक्ता श्रेष्ठका अनुसार अध्यक्ष ओलीको पत्र ईश्वर पोखरेलले पढेर सुनाएका थिए ।

आजको बैठकमा दुवै अध्यक्षले सचिवालयमा पेश गरेको प्रस्ताव स्थायी कमिटी सदस्यहरुलाई पेश गरिएको र अध्ययनको लागि सात दिनको समय दिइएको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

अब स्थायी कमिटीक ओअर्को बैठक मंसिर २८ गते बस्ने भएको छ ।

त्यस्तै, मंसिर २५ गतेका लागि तोकिएको केन्द्रीय कमिटी बैठक पुस ५ गतेका लागि सारिएको प्रवक्ता श्रेष्ठले जानकारी दिएका छन् ।

 
 
  
 

You may also like