विश्वमा एकैदिन ११ हजार ७८१ को मृत्यु

by समतल अनलाइन

काठमाडौँ। विश्वमा कोरोना संक्रमितको संख्या ६ करोड ४१ लाख ६९ हजार ९९६ पुगेको छ ।

बुधबार बिहान यो समाचार तयार पार्दासम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या १४ लाख ८५ हजार ६७२ पुगेको छ ।

एकैदिन विश्वमा ५ लाख ६७ हजार ४३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै २४ घण्टाको अविधमा ११ हजार ७८१ जनाको मृत्यु भएको छ।

अहिले १ करोड ८२ लाख ५६ हजार २०२ जनामा सक्रिय संक्रमण छ । संक्रमित १ लाख ५ हजार ६८७ जनाको अवस्था गम्भीर छ ।

संक्रमित ४ करोड ४४ लाख २८ हजार १२२ जनाले कोरोनालाई जितेका छन् ।

सबैभन्दा धेरै संक्रमण फैलिएको अमेरिकामा संक्रिमत संख्या १ करोड ४१ लाख ३ हजार ९६८ पुगेको छ । एकै दिन १ लाख ७७ हजार ६५० जनामा संक्रमण देखिएको छ । अहिलेसम्म २ लाख ७६ हजार ९२६ जनाको मृत्यु भएको छ ।

त्यस्तै भारतमा संक्रमित संख्या ९४ लाख ९९ हजार ७१० पुगेको छ । भारतमा एकैदिन ३६ हजार ४५६ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म भारतमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ लाख ३८ हजार १५९ पुगेको छ ।

 
 
  
 

You may also like