पशु आहारा व्यवस्थापन सम्वन्धि साईलेज प्रदर्शन तथा हस्तान्त्रण कार्यक्रम सत्यवती गा.पा. गुल्मीमा सम्पन्न

by समतल अनलाइन

सुरेश थापा
गुल्मी । पशुपालन व्यससायीकरण, गुणस्तरीय दुग्ध र माशु उत्पादन एवं उत्पादकत्व बृद्धि का साथै बजारीकरण भन्ने मुल नाराका साथ विभिन्न कार्यक्र सम्पन्न गरिएको छ । सत्यवती–५, साहाघाटमा भएको कार्यक्रममा साईलेज प्रर्दशन, प्रयोग विधिका विषयमा जानकारी गराइएको थियो ।
नेपाल लाइभस्टक सेन्टर इनोभेसन विकेन्द्रित आयोजना सहयोग इकाइ बुटवलको आयोजना रहेको कार्यक्रममा सत्यवती दुग्ध सहकारी संस्था लिमिटेड हँसराको अध्यक्ष महेन्द्र प्रसाद भण्डारीलाई साइलेज हस्तान्त्रण गरिएको थियो । भने सत्यवती गाउँपालिकाको आर्थिक लगानीमा १० लाख २८ हजार ९५ रुपँया बराबरको सामाग्री उक्त दुग्ध सहकारी संस्थालाई गाउँपालिका अध्यक्ष पारिश्वर ढकालले हस्तान्त्रण गर्नुभयो । सोहि अवसरमा वातावरण मैत्री पशुपालन व्यवसायको व्यवसायीकरण गुणस्तरीय स्वस्थ र स्वच्छ दुध, मासु उत्पादन उत्पादकत्वमा बुद्धि तथा बजारीकरण सम्वन्धि सरोकारवाला कृषकहरुविच अन्तरकृया समेत गरिएको थियो ।
सत्यवती गाउँपालिका अध्यक्ष पारिश्वर ढकालको सभापतित्व, समोन्वय प्रसन डा. पुरुपोत्तम त्रिपाठीको प्रमुख आतिथ्यता, गाउँपालिका उपाध्यक्ष शुवर्ण शेर्चन शाही, प्रमुख प्रशासकीय अधिकृत झविश्वर रेग्मी, अनुगमन तथा मुल्याङकन अधिकृत लोकराज भुषालको विशिष्ठ आतिथ्यता, वडा नं. ५ का वडा अध्यक्ष ओम प्रकाश भण्डारी, सुन्दर वि.क. पशुपंक्षी शाखा प्रमुख नारायण खनाल पत्रकार लगायतको आतिथ्यता रहेको कार्यक्रमको संचालन बाबुराम ज्ञवालीले गर्नुभएको थियो ।

 
 
  
 

You may also like