चिसो मौसममा रुघा-खोकीबाट बच्ने घरेलु उपाय कस्ता छन् ?

by समतल अनलाइन

काठमाडौँ । मौसम परिवर्तनको कारण दिन-दिनै जाडो बढ्दै गएको छ । यस्तो परिवर्तनको कारण शिरीरमा गम्भीर प्रभाव पर्छ र मानिसहरु बिरामी पर्ने सम्भावना बढी हुन्छ । मौसम परिवर्तनको सबैभन्दा ठुलो समस्या भनेको रुघा-खोकी हो र यो सजिलै लाग्न पनि सक्छ ।
सामान्य रूपमा रुघा-खोकी सात देखि दश दिन सम्म हुने गर्दछ । यस समस्याबाट छुटकारा पाउनको लागि घरेलु उपाय देखि औषधिको प्रयोग हुन्छ ।

रुघा-खोकी लागेको समयमा कस्तो खानेकुरा खानु फाइदाजनक हुन्छ?

केरा

केरामा पोटाशियमको मात्रा अधिक हुन्छ र यसले शरीरमा पानिको मात्रा पुरा गर्दछ । यसको साथै केरामा भएको इलेक्ट्रोलाइट्स र मिनरल्सले शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने गर्दछ । त्यसैले रुघा-खोकी लागेको समयमा केराको सेवन स्वास्थ्यको लागि फाइदाजनक हुन्छ ।

ब्रोक्ली

ब्रोक्ली यस्तो तरकारी हो जसमा भिटामिन ए, भिटामिन सि, भिटामिन ई तथा फाइबर अत्याधिक मात्रामा पाइन्छ । ब्रोक्लीको सेवनले रोग प्रतिरोधात्मक प्रणाली बलियो हुन्छ ।

लसुन

लसुन स्वास्थ्य गुणले भरिएको हुन्छ र यसको सेवनके फ्लु र इन्फेक्सनको समस्या हुँदैन । लसुन नियमित सेवनले इम्युनिटी बढ्दै जान्छ ।

मह

रुघा-खोकीको समस्याले ग्रसित भएको समयमा महको सेवनले राहत मिल्छ । महमा रोगप्रतिरोधात्मक गुण हुन्छ जसले घाँटीमा जलन हुने र सुन्निने समस्याबाट छुट्कारा दिन सहयोग गर्दछ । महलाई चिया वा तातो कागतीपानीमा मिसाएर सेवन गर्नुपर्दछ ।

बेसार

बेसारलाई हल्दी पनि भनिन्छ , यसले भाइरल समस्यालाई निको पार्छ । बेसारमा पाइने कर्क्युमिनले रुघा-खोकीको समस्यासंग लड्न प्रभावकारी मानिन्छ ।

ल्वांग

एन्टीफंगल, एन्टीब्याक्टेरियल, एन्टीइन्फ्लेमेट्री र एन्टीसेप्टिक गुण भएको ल्वांग रुघा-खोकी लागेको समयमा औषधिको रुपमा काम गर्दछ । ल्वांगको प्रयोग सयौं वर्ष देखि जडीबुटीको रुपमा गरिँदै आएको छ ।

अदुवा

खोकी, घाँटी खसखसाउनु, सुन्निनु जस्तो समस्याको लागि अदुवाको प्रयोग हुने गर्दछ । यसको प्रयोग भाइरस समस्याबाट लड्न पनि हुन्छ । साथै अदुवाको प्रयोगले कोलेस्ट्रोलको स्तरमा कमि हुनुको साथै स्थिर हुन्छ ।

(विभिन्न रिपोर्ट र अध्ययनका आधारमा यो रिपोर्ट तयार गरिएको हो, स्वास्थ्यमा समस्या भएमा चिकित्सकको सल्लाह लिएर औषधि सेवन गर्न सल्लाह दिइन्छ )

 
 
  
 

You may also like