टिप्परले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु

by समतल अनलाइन

बुटवल। बुटवलको नयाँ बसपार्कमा ट्रिपरले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पाल्पाको निस्दी गाउँपालिकाका ३३ वर्षीय मानबहादर सोती रहेका छन् ।

बसपार्क अगाडि आइतबार दिउँसो ४ बजे लु २ ख १९०५ नम्बरको टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवारी मानबहादुर गम्भीर घाइते भएका थिए ।

उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुर्‍याइए पनि अस्पतालले मृत घोषणा गरेको थियो । ठक्कर दिने टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ ।

 
 
  
 

You may also like