थप १६७४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित २४ हजार ९

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप १६७४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल १६७४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख १८ हजार ६३९ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या २४ हजार ९ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा २३ सय २३ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ९३ हजार ३२५ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८८.४ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ८ हजार १४४ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १६ लाख ५२ हजार ४३ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ७५७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा २४ हजार ९ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप ७ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १३०५ पुगेको छ । नेपालमा अहिले कोरोना संक्रमणबाट मृत्यु हुनेको प्रतिशत ०.६० रहेको मन्त्रालयले जानकारी दिएको छ ।

 
 
  
 

You may also like