78
बुटवल । रुपन्देहीको मायादेवी गाउँपालिका–१ दुबियामा एक युवतीले विष खाएर आत्महत्या गरेकी छन् । विषादी सेवन गरेर २२ वर्षीया मनिता यादवले आत्महत्या गरेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) तथा प्रवक्ता खड्क बहादुर खत्रीका अनुसार मंसिर ३० गते विष सेवन गरेकी यादवको सोमबार उपचारको क्रममा मृत्यु भएको हो ।
यादवको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको डीएसपी खत्रीले जानकारी दिए ।
घटनाको प्रकृति हेर्दा विष खाएको देखिएकोले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।