खुल्ला भाेलिवल प्रतियोगिताकाे उपादी संयुक्त युवा क्लवलाई

by समतल अनलाइन

बुटवल।संयुक्त युवा क्लव बुटवल ११ हात्तीसुडकाे अायाेजनामा रहेकाे शुभ दिपावली तथा छठ पर्वकाे अवसरमा अायाेजित खुला भाेलिवल प्रतियोगितामामा अायाेजक संयुक्त युवा क्लव बिले उपादी हात पारेकाे छ । १६ वटा टिमबाट फाईनलमा पुगेका विजेता टिम र उप बिजेता ब्रेभ गाेर्खा युवा क्लव बिच निकै प्रतिस्पर्धात्मक खेल भएकाे थियाे । बेष्ट अफ् पाँच अन्तरगत खेलाईएकाे फाइनल खेलमा संयुक्त युवा क्लवले पाँचै खेल खेली तीन खेल बिजय भएपछि उपादी अाफ्नाे काेल्टामा पार्न सफल भएकाे खेल संयाेजक राजन थापाले जानकारी दिनुभयाे । याे संगै बिजेता टिमले २०हजार सिल ,मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ भने उपबिजेता टिमले १० हजार नगद , सिल , मेडल र प्रमाणपत्र प्राप्त गरेकाे छ। यस्तै यस अघि भएकाे खेलमा प्रकृति युवा क्लव मुढावास तेश्राे भई सान्त्वना स्वरूप ५५ सय , नगद, सिल मेडल र प्रमाणपत्र प्राप्त गरेकेा छ । अायाेजकका अनुसार प्रतियोगितामा संयुक्त युवा क्लवका सुरेन्द्र गुरहू सर्वाेत्कृष्ट खेलाडी हुन सफल भएका छन् भने संयुक्त युवा क्लवकै लालु चाैधरीले उत्कृट स्ट्राइकर र मिलन कुमार चाैधरी अनुशासित खेलाडीकाे रूपमा पुरस्कार पाएका छन् । यस्तै ,
उत्कृष्ट सटर तर्फ ब्रेभ गर्खा युवा क्लवका बादल हमाल र क्लवकै हिमाल चन्द ठकुरी
उत्कृष्ट बलकरकाे पुरस्कार हात पार्न सफल भएका छन् । समय समयमा गरिने यस्ता प्रतियाेगिताले खेल क्षेत्रमा ठुलाे याेगदान पुराउने कार्यक्रमका प्रमुख अतिथि प्रकाश चाैधरीले बताउनु भयाे । क्लवका अध्यक्ष मेतिलाल बुढामगरले क्लवले विभिन्न समयमा यस्ता खालका कार्यक्रमहरू गर्दै लगेकाे र यसलाई निरन्तरता दिने बताउनु भयाे ।

 
 
  
 

You may also like