थप २१११ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३७ हजार २२

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप २१११ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा देशभर कुल २१११ जना संक्रमित थपिएको जानकारी दिएको छ ।

अहिलेसम्म कुल २ लाख ६ हजार ३५३ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार २२ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३५ सय ३७ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ६८ हजार १२९ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ८१.४ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ९ हजार ५३३ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १५ लाख ९३ हजार ८५० पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा ९८६ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३७०२२ जना रहेका छन् ।

त्यस्तै आइसियुमा ३८७ जना रहेका छन् भने भेन्टिलेटरमा ८७ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप १३ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२०२ पुगेको छ ।

 
 
  
 

You may also like