थप ३१ सय १४ जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित ३७ हजार ४७६

by समतल अनलाइन

काठमाडौं । नेपालमा थप ३१ सय १४ जनामा कोरोना पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालले पछिल्लो २४ घण्टामा देशभर कुल ३१ सय १४ जना संक्रमित थपिएको जानकारी दिएको छ ।
अहिलेसम्म कुल एक लाख ७९ हजार ६१४ संक्रमित पुगेका छन् । नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३१ सय ४२ जना संक्रमण मुक्त भएका छन् भने अहिलेसम्म एक लाख ४१ हजार १३४ जना संक्रमण मुक्त भएका छन् । नेपालमा कोरोना निको हुने प्रतिशत ७८.५ रहेको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ११ हजार १६६ पिसिआर परिक्षण भएको छ भने नेपालमा अहिलेसम्म कुल पिसिआर १४ लाख ६९ हजार ८१२ पुगेको छ ।

त्यस्तै क्वारेन्टाइनमा १२७७ जना रहेका छन् । त्यस्तै आइसोलेसनमा ३७ हजार ४७६ जना रहेका छन् ।

कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १००४ पुगेको छ ।

 
 
  
 

You may also like