राष्ट्रिय बाल दिवस नाममात्रको, बालबालिकाका पीडा उस्तै

by समतल अनलाइन

काठमाडौं । आइतबार भदौ २९ गते राष्ट्रिय बाल दिवस । यो दिवस विशेष गरी बालबालिकाको अधिकारका लागि मनाइन्छ ।

नेपालले संयुक्त राष्ट्रसङ्घको बालअधिकार महासन्धिलाई २०४७ साल भदौ २९ गते अनुमोदन गरेको थियो ।

त्यसयता हरेक वर्ष भदौ २९ गतेलाई राष्ट्रिय बाल दिवसका रूपमा मनाइँदै आइएको छ । यस वर्षको बाल दिवस ‘सुनिश्चित बाल अधिकारः समृद्ध नेपालको आधार’ भन्ने मूल नाराका साथ मनाइँदैछ ।

बालबालिका अझै पनि विद्यालयको पहुँचमा पुग्न सकेका छैनन् । केपी शर्मा ओली नेतृत्वको सरकारले विद्यार्थीहरुलाई विद्यालयमा पुर्याउनका लागि प्रयास गरेको थियो ।

सरकारका मन्त्रीहरुले अभिभावकत्व लिने काम गरे पनि त्यसको अनुगमन नहुँदा धेरैजसो बालबालिकाले विद्यालय छाडिसकेको सूचना आइरहेका छन् ।

कतिपय बालबालिका अभिभावकको आर्थिक स्थिति कमजोर भएका कारणले पनि विद्यालय जान पाइरहेका छैनन् ।

 
 
  
 

You may also like