रुपन्देहीमा आइतबार थपिए ९९ जनामा कोरोना संक्रमण पुष्टि

by समतल अनलाइन

बुटवल। रुपन्देहीमा आइतबार थप ९९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला स्वस्थ्य कार्यलय रुपन्देहीका अनुसार ३७ महिला ६२ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वस्थ्य कार्यलय रुपन्देहीका अनुसार बुटवलमा ४२ जना, तिलोत्तमामा ३१ जना, सिद्धार्थनगरमा १४ जना, सैनामैना र सुद्धाधनमा ४।४ जना तथा दृवदह, कन्चन, सियारी र ओमसतियामा १।१ जना कोरोना संक्रमित थपिएको स्वास्थ्य कार्यालयको प्रेस नोटमा उल्लेख गरिएको छ ।

जिल्लामा हालसम्म कुल संक्रमितको संख्या ५८०६ जना पुगेका छन् भने ६२ जना संक्रमितको उपचारका क्रममा ज्यान गएको छ । अहिले पनि रुपन्देहीमा २२३७ जना बिभिन्न आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।
त्यसै गरि पिसिआर रिपोर्ट पोजेटिभ आएका ब्यक्तिहरुले
दशैमा टीका लगाउन नपाउने भएका छन ।

 
 
  
 

You may also like