रुपन्देहीमा शुक्रबार थपिए १३७ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा शुक्रबार थप १३७ जना कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार ४७ जना महिला र ९० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवलमा नगरपालिकामा ४३ जना , तिलोत्तमामा ३५ जना , सिदार्थनगरपालिकामा २६ जना , देवदहमा १४ जना , शुद्दोधनमा ७ जना , सैनामैनामा ४ र रोहिणीमा ४ जना सियारीमा ३ जना र मायादेविमा २ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा अहिलेसमा जनमा संक्रमितको संख्या ५५६७ जना पुगेको छ भने ६१ जना कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

 
 
  
 

You may also like