गुल्मीमा दशैँका बेला शक्तिपीठहरुमा निषेधाज्ञा

by समतल अनलाइन

बुटवल । बडा दशैंको बेला गुल्मीका शक्तिपीठहरुमा निषेधाज्ञा जारी गरिएको छ । जिल्ला प्रशासन कार्यालयले जिल्लाका सबै शक्तिपीठ तथा मन्दिरहरुमा नित्य पूजाबाहेक भक्तजनलाई दर्शन गर्न जान बन्देज गरेको हो ।

बडा दशैंको बेला मन्दिरमा हुने भीडभाडले कोरोना भाइरस संक्रमणको जोखिम थप बढ्ने भएकाले निषेधाज्ञा जारी गरिएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए ।

अति आवश्यक काम नपरि घरबाहिर ननिस्कन, घुमफिर नगर्न, चाडपर्वमा भेला हुन तथा भोजभतेर नगर्न, घरमै बसेर दशैं मनाउन र स्वास्थ्य सुरक्षाका निर्धारित मापदण्ड अनिवार्य रुपमा पालना गर्न जिल्ला प्रशासन कार्यालय गुल्मीले आग्रह गरेको छ ।

यदि कसैले सूचनाको अबज्ञा वा उल्लंघन गर्ने उपर संक्रमण ऐन, २०२० तथा स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम कानूनी कारवाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

 
 
  
 

You may also like