प्रदेश १ र बागमतीका एकाध ठाउँमा हल्का वर्षाको पूर्वानुमान

by समतल अनलाइन

काठमाडौँ। मुलुकका पहाडी भू-भागमा अहिले आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि आंशिक बदली रही प्रदेश १ र बागमती प्रदेशका एकाध ठाउँमा वर्षा हुन सक्ने महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज राति सुदूरपश्चिम प्रदेशका एकाध ठाउँमा हल्का वर्षाको पूर्वानुमान गरिएको छ । अन्यत्रको मौसम भने सफा रहने महाशाखाले जनाएको छ ।

 
 
  
 

You may also like