रुपन्देहीमा आइतवार थप १७९ जनामा कोरोना संक्रमण

by समतल अनलाइन

बुटवल । रुपन्देहीमा आइतवार थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै जिल्लामा सक्रमितको संख्या ४ हजार ८ सय ६८ जना पुगेका छन् ।

स्वास्थ्य कार्यालय रुपन्देहीले दिएको जानकारी अनुसार आईतबार बुटवल उपमहानगरमा ९२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् भने तिलोत्तमामा ३७ र सिद्धार्थ नगरमा २६ जना कोरोना संक्रमित थपिएका छन् । त्यसैगरि सैनामैनामा ७ जना, देवदहमा ६ जना, सुद्धोधनमा ५ जना, ओमसतियामा ४ जना तथा रोहिणी र सियारीमा १।१ जना कोरोना संक्रमित थपिएका छन् ।

यसगरी रुपन्देहीमा अहिले सम्म ५१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १९४९ जना कोरोना संक्रमितहरु होम आइसोलेसन तथा बिभिन्न अस्पताल र आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् ।

 
 
  
 

You may also like