84
बुटवल । बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा सवडिभिजन वन कार्यालय मुर्गिया, रुपन्देहीका वन रक्षक पक्राउ परेका छन् ।
काठ ओसारपसारमा सहजीकरण गरिदिए वापत सेवाग्राहीसँग बाह्र हजार रुपैयाँ घुस लिएको आरोपमा वन रक्षक प्रेमचन्द्र विकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले पक्राउ गरेको हो ।
सेवाग्राहीबाट घुस रकम लिइसकेको अवस्थामा विकलाई सैनामैना नगरपालिका-६ कलौनीचोक, रुपन्देहीबाट रंगेहात नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग कार्यालय बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।