एक हजारमै काेराेना परीक्षण हुने

by समतल अनलाइन

काठमाण्डाै । सरकारले कोरोना भाइरस पहिचान गर्नकाे लागि एन्टिजेन किटमार्फत परीक्षण गर्न अनुमति दिएकाे छ । यस विधिबाट गरिने परीक्षण शुल्क एक हजार रुपैयाँ ताेकिएकाे स्वास्थ्य मन्त्रालयले जनाएकाे छ ।

मन्त्रालयका प्रवक्ता गौतमले एन्टिजेन किटमार्फत कोरोना परीक्षण गर्दा अधिकतम एक हजार रुपैयाँमात्रै शुल्क लिने व्यवस्था गरिएको बताउनुभयाे । उहाँले शुल्क समयअनुकुल परिमार्जन गर्दै लगिने बताउनुभयाे ।

यस्तै प्रवक्ता गाैतमले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुले अनुमति दिएका प्रयोगशालाले मात्र परीक्षण गर्न पाउने बताउनुभयो ।

यसैबीच सरकारले कोरोना भाइरसको जोखिम लगातार बढिरहेको भन्दै जनस्वास्थ्यका सबै मापदण्ड अनिवार्य पालना गर्न आग्रह गरेको छ । देशभरका सात सय ५३ वटै पालिकालकाई जनस्वास्थ्यका मापदण्ड पूर्णरुपमा पालना गर्न/गराउन निर्देशन दिइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि अन्यथा भएकाेमा सच्याइएकाे छ ।

 
 
  
 

You may also like