बुटवलमा थप एक जना कोरोना संक्रमितको मृत्युु

by समतल अनलाइन

बुटवल । कोरोना भाइरसको संक्रमणबाट बुटवलमा थप एक जनाको ज्यान गएको छ ।

बुटवल उपमहानगरपालिका वडा नं. ३ निवासी ७२ वर्षीय पुरुषको कोरोना विशेष अस्पतालमा मृत्यु भएको हो ।

लुम्बिनी प्रादेशिक अस्पतालको कोभिड अस्पतालमा उपचार गराइरहेका ती पुरुषको आज बिहान ९ बजेर ४५ मिनेटमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

यही असोज २ गते स्वास्थ्य अवस्थामा गम्भीर समस्या उत्पन्न भए पछि ती पुरुष अस्पताल भर्ना भएका थिए ।

अस्पतालमा आउँदा नै उनलाई ज्वरो, मुटुरोग, उच्च रक्तचाप, मधुमेह र स्वाश्वप्रश्वासको समस्या रहेको पनि अस्पतालले जनाएको छ ।

ती पुरुषलाई असोज २ गते नै कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो ।

 
 
  
 

You may also like