बुटवलमा थपिए आइतबार ६६ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । बुटवलमा आइताबार थप ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यस सँगै १ हजार ५ सय ५० संक्रमितको संख्या पुगेको छ ।

बुटवल उप – उपमहानगर पालिकाका अनुसार वडाहरु ३ मा १ जना , ४ मा २७ जना , ६ मा २ जना , ७ मा ५ जना , ८ मा ५ जना , ९ मा १ जना , १० मा १ जना , ११ मा ९ जना , १२ र १३ मा १/१ जना अन्यमा १३ जना गरि ६६ जना संक्रमित थपिएका छन्  ।

सक्रिय संक्रमितको संख्या ६ सय ५४ जना रहेको छ भने ८ सय ८६ जना डिस्चार्ज भएका छन्  ।

 
 
  
 

You may also like