आईपीएलमा चेन्नईविरूद्ध बैंगलोरको शानदार जित

by समतल अनलाइन

एजेन्सी ।आईपीएलमा रोयल च्यालेन्जर्स बैंगलोरले चेन्नईमाथि शानदार जित निकालेको छ।चौथो जित हात पार्ने क्रममा बैंगलोरले दुबईमा शनिबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ३७ रनले हरायो ।
दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ७० रनको लक्ष्य पच्छ्याएको चेन्नई २० ओभरमा ८ विकेट गुमाएर १ सय ३२ रनमा समेटियो ।

चेन्नईका लागि अम्बाती रायाडुले सर्वाधिक ४२ रन बनाए । यस्तै नारायण जागाडिसनले ३३ रन जोड्दा शेन वाट्सनले १४ र कप्तान महेन्द्र सिंह धोनीले १० रन बनाए ।

बैंगलोरका लागि क्रिस मोरिसले ३ विकेट तथा वासिङ्गटन सुन्दरले २ विकेट लिए ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बैंगलोरले २० ओभरमा ४ विकेट गुमाएर १ सय ६९ रन बनाएको थियो ।

बैंगलोरका लागि कप्तान विराट कोहलीले अविजित रहदै ९० रनको अर्धशतकीय इनिङ्स खेले । शिवम डुबेले अविजित २२ रन जोडे ।

यस्तै देवदुत पडीक्कलले ३३ रन जोड्दा वासिङ्गटन सुन्दरले १० रन बनाए । आरोन फिन्च २ रनमा आउट हुँदा एबी डी भिलियर्स शुन्य रनमा आउट भए ।

जितसँगै बैंगलोर तालिकाको चौंथो स्थानमा उक्लिएको छ । बैंगलोरले ६ खेलमा ८ अंक जोडेको छ । छैठौँ स्थानमा रहेको चेन्नईको ४ अंक छ ।

 
 
  
 

You may also like