रुपन्देहीमा थपिए १७९ जना कोरोना संक्रमित

by समतल अनलाइन

बुटवल । शनिबार रुपन्देहीमा थप १७९ जनामा कोरोना सक्रमित पुष्टि हो ।स्वास्थ्य कार्यालय रुपन्देहीले जिल्लामा शनिबार ५५ जना महिला र १२४ जना पुरुष गरि १७९ जनामा कोरोना संक्रमण पुष्टि भएका छन ।
रुपन्देहीमा आज पनि सबैभन्दा बढी बुटवलमा कोरोना संक्रमित थपिएका छन् । बुटवलमा शुक्रबार ६६ जना कोरोना संक्रमित थपिएका छन् ।
रुपन्देहीको तिलोत्तमामा १९ जना, सिद्धार्थ नगरमा ४९ जना, कोटहिमाईमा १८ जना, देवदहमा ५ जना, सैनामैनामा ६ जना मायादेबीमा ४ जना, सियारीमा ११ जना सुद्दोधनमा १ जना कोरोना संक्रमित थपिएका छन् ।

रुपन्देहीमा आज थपिएसंगै कुल संक्रमितको संख्या ३५९५ पुगेको छ । जिल्लामा ३४ जना संक्रमितको ज्यान गएको छ ।

 
 
  
 

You may also like