कोरोना संक्रमण देखिएका वडा सदस्यको मृत्यु

by समतल अनलाइन

बुटवल । कोरोना भाइरसको संक्रमण देखिएका वडा सदस्यको मृत्यु भएको छ । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका वडा नम्बर ५ का वडा सदस्य ईन्जिनियर सुवोध तुलाचनको मृत्यु भएको हो ।

बुधबार राति १०ः५ बजे उनको भैरहवास्थित युनिभर्सल मेडिकल कलेजमा भेन्टिलेटरमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ । कोरोना पुष्टिपछि घरमै आइसोलेसनमा बसेका उनी एक्कासी बेहोस भएपछि असोज १४ गते अस्पताल भर्ना गरिएको थियो ।

अस्पतालका प्रशासन प्रमुख तेज केसीका अनुसार उनमा निमोनिया, रगतमा खराबी, कलेजो पूर्णरुपमा खराब भएको थियो । ४७ वर्षीय तुलाचन नेपाली कांग्रेसका तर्फबाट वडा सदस्यमा निर्वाचित भएका थिए ।

 
 
  
 

You may also like