चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण

by समतल अनलाइन

काठमाडौँ ।चितवनमा २७ सहित थप ३६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।भरतपुर अस्पतालको कोभिड -१९ ल्यावमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका २७ जनामध्ये २५ जना चितवनका हुन् । बाँकी २ जनामध्ये एक जना नवलपरासीका ६० वर्षीय एक पुरूष, र डोटीका ४१ वर्षीय पुरूष छन् ।

भरतपुर अस्पतालले बुधबार बेलुका सार्वजनिक गरेको विवरणअनुसार भरतपुरका १२ पुरूष र ३ वर्षीया बालिकासहित ५ महिलामा संक्रमण पुष्टि भएको छ ।

यस्तै खैरहनीका २ पुरूष र २ महिला, राप्तीका १ पुरूष र रत्ननगरका २ पुरूष र १ महिलामा संक्रमण भएको भरतपुर अस्पतालको कोभिड-१९ प्रयोगशाला प्रमुख डा.नीतु अधिकारीले जानकारी दिइन् ।

यस्तै गण्डकी प्रदेशमा थप ९ जनामा संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार प्रदेशको नवलपुरमा ८ र लमजुङमा १ गरी ९ कोरोना संक्रमित थपिएका हुन् ।

संक्रमण पुष्टि हुनेमा लमजुङ सुन्दरबजार १० की २१ वर्षीया महिला तथा नवलपुर गैँडाकोट २, ४ र ५ का क्रमश ४९ र ५० वर्षीया महिला तथा २९ वर्षीय पुरुष, हुप्सेकोट ४ का ३२ वर्षीय पुरुष, कावासोती १ र ८ का २५ र २३ वर्षीय पुरुष तथा देवचुली २ र १४ का ३४ र २५ वर्षीया महिला रहेका छन् ।

 
 
  
 

You may also like