राप्रपाद्वारा मुख्यमन्त्री पाेखरेलकाे पुतला दहन

by समतल अनलाइन

बुटवल । प्रदेशको राजधानी बुटवलबाट सार्ने निर्णयकाे बिराेधमा राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रदेश ५ का मुख्यमन्त्री शंकर पाेखरेलकाे पुतला दहन गरेको छ ।राप्रपा बुटवल उपमहानगर समितिकाेे आयोजनामा सोमबार साझ बुटवलको पाखापानीमा मुख्यमन्त्री पाेखरेलकाे पुतला जलाएको हो ।

पार्टीका बुटवल उपमहानगर समितिका अध्यक्ष निरज प्रताप खाँणकाे सभापतित्वमा सम्पन्न कार्यक्रममा पुर्ब मयेर पुनाराम पोख्रेल,केन्दृय सदस्य इर्साद आलम मिया,पुर्ब केन्दृय सदस्य बिस्नु कार्की,राम ब थापा, लक्ष्मण श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्दै मुख्यमन्त्री पाेखरेलले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्न आफ्नैै गृह जिल्लाकाे पूर्वाधार केही नभएको ठाउँमा राजधानी सार्न खाेजेकाे आराेप लगाए ।

प्रदर्शनकारिहरूले मुख्यमन्त्री पाेखरेलकाे राजिनामा माग गर्दै नारावाजी गरेका थिए ।

 
 
  
 

You may also like