लुम्बिनी बन्द केहि खुकुलो , आन्दोलनमा आउनको लागि गाडी खुला

by समतल अनलाइन

बुटवल। प्रदेश ५ को स्थायी राजधानी सार्ने प्रस्तावको विरुद्धमा संयुक्त संघर्ष समितिले आह्वान गरेको साबिकको लुम्बिनी अञ्चल बन्द केही खुकुलो भएको छ।सोमबार प्रदेश सभा घेराउको कार्यक्रम रहेकाले कार्यक्रममा सहभागी हुन आउनेका लागि यातायात खुला गरिएको समितिका संयोजक खिमबहादुर हमालले जानकारी दिए।

उनका अनुसार निजी सवारी साधन र आन्दोलनमा सहभागी हुन आउनेका लागि खुला गरिएपनि सार्वजनिक सवारी भने चल्न पाउनेछैनन्। बजार र उद्योग कलकारखाना पनि बन्द रहनेछन्।

‘आन्दोलनमा सहभागी हुन आउनेहरु नै आउन नपाउने भएपछि यातायात क्षेत्र खुकुलो बनाइएको हो-समितिका सदस्य दधि खरेलले भने-अरु बन्दको कार्यक्रम कायमै छ।’उनले प्रदेश सभा घेराउ कार्यक्रममा सहभागी हुन आउनका लागि आम जनतालाई आह्वान गरे।
बन्दका कारण लुम्बिनी क्षेत्रको जनजीवन बिहानैदेखि प्रभावित बनेको छ।

प्रदेश सरकारले प्रदेश ५ को स्थायी राजधानी दाङको देउखुरी क्षेत्रमा सार्ने प्रस्तावका विरुद्ध साबिक लुम्बिनी अञ्चल क्षेत्रमा आन्दोलन जारी छ।संघर्ष समिति र कांग्रेसले प्रदेश सभा घेराउको कार्यक्रम आयोजना गरेका छन्। प्रदेश सभा घेराउ गरेर सांसदहरुलाई प्रदेश सभा भवन प्रवेशमा रोक्ने उनीहरुले जनाएका छन्। प्रदेश ५ को प्रदेश सभामा सरकारले पेश गरेको प्रस्तावमाथि आज छलफल शुरु हुँदैछ।

लुम्बिनी लाइम्सबाट

 
 
  
 

You may also like